२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केजीएफ २’ पछि फेरि एकपटक ठूलो धमाका गर्न तयार छन् रकिङ स्टार यश



अ+ अ-

एजेन्सी । कन्नड रकिङ स्टार यशको फिल्म ‘केजीएफ’ र ‘केजीएफ २’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो । प्रशान्त नीलद्वारा निर्देशित यो उनको पहिलो फिल्म थियो, जुन भारतभर रिलिज भएको थियो ।

फिल्मको कथा र यशको धमाकेदार एक्सन देखेपछि फ्यानहरूको मागमा निर्माताले केजीएफ २ ल्याएका हुन् जसले बक्स अफिसमा पहिलो पार्टभन्दा दोब्बर व्यापार गरेको थियो ।

केजीएफ २ मा यशसँग सञ्जय दत्त मुख्य भूमिकामा देखिएका थिए । केजीएफ ३ को चर्चाको बीचमा हालै यशको तेस्रो फिल्मको घोषणा भएको छ ।

दक्षिण र हिन्दी दर्शकको मनपर्ने स्टार बनेका कन्नड रकिङ स्टार यश केजीएफ २ पछि आफ्नो अर्को फिल्मको घोषणा गर्न लामो समयदेखि पर्खिरहेका थिए । अब भर्खरै त्यो क्षण आएको छ, किनकि यशले आफ्नो अर्को फिल्म घोषणा गरेका छन् ।

ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा यशको अर्को फिल्मको बारेमा जानकारी शेयर गरेर फ्यानहरूको बेचैनी दोब्बर पारेका छन् । यशको नयाँ फिल्मको बारेमा अपडेट दिँदै उनले लेखे – ‘केजीएफ २ पछि यशले आफ्नो अर्को फिल्म डिसेम्बर ८ मा घोषणा गर्न लागेका छन् । केजीएफ २ को सफलता पछि, उनले छिट्टै आफ्नो अर्को फिल्मको शीर्षक घोषणा गर्नेछन् ।’

जानकारी बाँड्दै उनले अहिले कन्नड रकिङ स्टारको फिल्मको टेन्टेटिभ शीर्षक ‘यश १९’ रहेको पनि बताए । यशले यो फिल्ममा केभीएन प्रोडक्सनसँग सहकार्य गर्दैछन् ।

यशको अबको फिल्मको नाम के होला, डिसेम्बर ८ मा पर्दाफास हुनेछ । यशको फिल्म केजीएफले बक्स अफिसमा विश्वभर १२ सय करोडको व्यापार गरेको थियो ।




भर्खरै