काठमाडौ । नेकपा अध्यक्ष केपि ओलीले ६ महिनाका लागि निलम्बन गर्नुभएका नेता घनश्याम भुसालले ओली गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको बताउनु भएको छ । ६ महिना निलम्बनमा परेपछि सामाजिक संञ्जालमा एक स्टाटस राख्दै नेता भुसालले आअेलीका लागि संसारमा या त चाकर छन् या शत्रु भन्दै आक्रोश पोख्नु भएको छ ।
भुसालले लेख्नु भएको छ : असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।
उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँलारगर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।












