२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा न्यायाधीश पदको संसदीय सुनुवाई प्रक्रिया शुरु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिको चैत्र ४ गतेको बैठकको निर्णय अनुसार न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चुडाल र सुवेदीलाई उक्त पदमा नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पस्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी गरेको थियो । 

यो अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । समितिको आज (बिहीबार)को बैठकले उक्त उजुरीहरु खोली समिति सदस्यहरुलाई वितरण गरेको छ । यस्तै प्रस्तावित न्यायाधीशहरुबाट प्राप्त कार्ययोजनाको प्रतिलिपि समेत समिति सदस्यहरुलाई वितरण गरेको छ । बैठकले यही चैत्र २२ गते उजुरीकर्तालाई बोलाई छलफल गर्ने र चैत्र २५ गते प्रस्तावित न्यायाधीशहरुलाई बोलाई सुनुवाई गर्ने निर्णय समेत गरेको छ ।

न्यायपरिषद्ले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट दुवैको नाम अनुमोदन भएमा उनीहरुको नियुक्ती सार्वोच्च अदालतको न्यायाधीश पदमा हुनेछ ।