काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा रु ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ८६ हजार ५ सय कायम भएको छ ।
हिजो (बुधबार) तोलामा रु ८५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य पनि तोलामा रु ८६ हजार ५० कायम भएको छ ।
यता चाँदी भने तोलामा रु १२१० मा कारोबार भएको महासंघले जनाएको छ ।







