२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको परिकल्पनामा बनेको भेरी-बबई नदी पथान्तरण आयोजनामा पुग्दा



अ+ अ-

झुलाघाट-चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा । हिजो २०८० मङ्सीर १९, छैटौं दिन ।श्रध्देय अध्यक्षज्यू संगै भेरी-बबई नदी पथान्तरण आयोजनाको हेडवक्स अवलोकनका साथै आयोजनाको समग्र कार्यप्रगतिका बारेमा जानकारी लिने मौका मिल्यो ।

२०५१ को मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) सरकारले जनसहभागितामा आधारित भएर शुरू गरेको बबई सिंचाई आयोजनाबाट बर्दिया र बाँके जिल्लामा सिंचाई सुविधा विस्तार गर्न पानिको थप स्रोत आवश्यक भए पछि भेरी-बबई नदी पथान्तरण आयोजनाको अध्ययन र कार्यान्वयन प्रकृया अघि बढेको हो ।

बहुउद्देशीय यस् आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा थप सिचाई सुविधा विस्तार हुनेछ । ४६.८ मेगावाट विद्युत (फर्म इनर्जी) उत्पादन भई राष्ट्रीय प्रशारण प्रणालीमा जोडिने छ ।

लामो समयको अध्ययन र पूर्ववतयारी पछि २०७४ कार्तिक २० गते टनेल खन्ने कार्य शुरू गरिएको थियो । TBM मेसिनबाट १२.२ किलोमिटर लामो टनेल खन्ने काम सम्पन्न भएसंगै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समुपस्थितिमा २०७६ बैसाख ३ गते ब्रेक थ्रु गरिएको थियो । टनेलको Finished diameter ४.२ मिटर र cutting diamer ४.६ देखि ४.७ मिटर रहेको छ ।

२९ अर्व ९१ करोड लागत सम्झौता गरिएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६०.४ प्रतिशत र वित्तीय प्रगति ५४.४ प्रतिशत भएको छ ।

हामीलाई हेड वक्स, पावरहाउस, विध्दुत प्रशारण लाईन लगायतको पहिलो चरणको काम दुईबर्ष भित्र सम्ममा सम्पन्न गर्ने योजना रहेको आयोजना प्रमुख रणबहादुर बमले जानकारी दिनुभयो ।

श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यूले गुणस्तर सुनिश्चित गर्दै, प्रक्षेपित लागतमा, निर्धारित समय भित्र आयोजना सम्पन्न गर्न निर्देशन दिनुभयो र आयोजना सम्पन्न गर्न आफ्नो तर्फबाट सदा सहयोग रहने जानकारी गराउनु भयो ।

पौडेल नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ ।