२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्छ: अष्टलक्ष्मी शाक्य



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडी बढ्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गर्नुभएको हो । 

विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उहाँले बताउनुभयो । सकारात्मक भएर अगाडी बढ्न समेत सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौ । जे जति भए ती सबै कुरालाई बिर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरी तिनै विषयलाई उठाउने हो भने फेरिपनि समस्या आउन सक्छ ।’ 

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निशेधको राजनीति गरिरहेका छों । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं ।

त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ । हामी रुपान्तरित हुनै पछस् । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’

नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताउनुभयो । पार्टीमा निशेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनि गर्नुपर्ने बताउनुभयो ।