२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिखर इन्स्योरेन्समा बीमा गराउँदा स्याउ किसान डूब्नबाट जोगिए, १३९१ ले पाए साढे २ करोड दाबीभुक्तानी



अ+ अ-

काठमाडौं । शिखर इन्स्योरेन्सले मौसम सुचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे रु. २ करोड ५५ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबीभुक्तानी हस्तान्तरण गरिएको हो । 

जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् । भुक्तानी पाएपश्चात विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन् । जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रति बिरुवाद रु. २ सय ७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ । 

यसैगरी, प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबीभुक्तानी पाएका छन् । कालिकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सुचकांकमा आधारित स्याउ बीमा गराएका थिए । यस्तै मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बीमा गरे बापत रु. ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् ।

िशखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए । 
कर्णालीका किसानहरुले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरुले अहिले दाबीभुक्तानी पाएका हुन् । असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् । 

शिखर इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकांकको आधारमा गरिने बीमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बीमा पोलिसी सुरु गरेको थियो । गएको ३ वर्षयता हरेक वर्ष शिखर इन्स्योरेन्सले स्याउ किसानहरुलाई दाबीभुक्तानी गर्दै आइरहेको छ । 

सुरुको वर्ष ४७ जना किसानले स्याउको बीमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बीमा गराए । असिना र सुख्खा खडेरीले क्षति पुर्याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोेरेका किसानले बीमा रकम पाउँदा राहात महसुस गरेका छन् । आगामी दिनमा शिखर इन्स्योरेन्सले मौसम सुचकांक बीमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको छ ।