२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेला, सभा जुलुसहरु नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सरकारले सभा सम्मेलन तथा भिडभाड हुने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।  

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा.जागेश्वर गौतमले जिल्लागत अवस्था हेरी निर्णय लिन प्रमुखजिल्ला अधिकारीहरुलाई आग्रह गरिएको जानकारी दिनुभयो । 

डा.गौमतले नमुनाका रुपमा एन्टीजेन परीक्षण वृद्धि गरिने र विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न आग्रह गर्न पनि अनुरोध गर्नुभयो ।  

संक्रमणको दर बृद्धि भएसँगै कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।