२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार



अ+ अ-

काठमाडौँ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

स्थानिय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्य वहादुर थापा, सदस्य रज वहादुर वोहरा, वडा नं. ३ का अध्यक्ष अजव वहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानिय प्रहरी चौकी प्रमुख चेतु खड्का लगाएतका विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको उपस्थितीमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्नुहुने हाम्रो आदरनिय ग्राहकहरु लाई हार्दिक धन्यवाद साथै हरेक हप्ता नगद रु एक लाख जित्न सफल हुनु भएको सम्पुर्ण विजेता लाई हार्दिक वधाई । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने छ जस वाट हाम्रा ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ ।