२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र



अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बँेसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिनुभयो । लमजुङको बेँसीसहर नगरपालिका–६ बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–१ खुदीसम्म कालोपत्र भएको उहाँले बताउनुभयो ।

उक्त सडकमा विसं २०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो ।सडक कालोपत्र गरिसक्नुपर्ने मिति विसं २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको सब इञ्जिनीयर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।” यस सडकको ठाउँ ठाउँमा मापदण्ड अनुसारको कालोपत्र नभएको गुनासो आउने गरेको छ । यस सडक कालोपत्र गर्नका लागि भित्तामा कटानपछि पर्खालमा गोलो ढुङ्गा प्रयोग गरिएको गुनासो आउने गरेको छ ।

भित्ताको आवश्यकताअनुसार नै ढुङ्गालगायत वस्तु उपयोग गरिएको र सडकको कालोपत्रको मोटाइ पाँच सेन्टिमिटरक रहेको इन्जिनीयर अधिकारीले बताउनुभयो । आशिष/अनिष जेभी कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रका लागि विसं २०७८ वैशाख २२ मा ठेक्का पाएको थियो । कूल रु ५२ करोड ९६ लाख १६ हजार लागत अनुमान गरिएकामा रु २५ करोड ३२ लाख १३ मा कालोपत्र गर्ने सम्झौता भएको थियो ।

तोकिएको समयमा कालोपत्र पूरा गर्न नसकिएपछि हालै मात्र विसं २०८१ असार मसान्तसम्म कालोपत्र गर्ने गरी म्याद थप गरिएको अधिकारीले जानकारी उहाँले दिनुभयो । बेँसीसहरदेखि ६५ किलोमिटर दूरी रहेको चामेसम्मको सडकमध्ये ३५ किलोमिटर सडक लमजुङमा पर्दछ भने मनाङमा ३० किलोमिटर रहेको छ । हाल यस सडकलाई विस्तार गर्दै मनाङको माथिल्लो भेग खाङ्सारसम्म सडक सञ्जाल पुर्‍याइएको आयोजनाले जनाएको छ ।

ट्र्याक खोलिएको लामो समयसम्म यस सडकखण्डको स्तरोन्नति हुन नसक्दा अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको मनाङमा आउने आन्तरिक तथा बाह्य पर्यटक जोखिमयुक्त स्थलमार्गबाट आवत–जावत गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पाँच हजार चार सय १६ मिटर उचाइबाट कटेर मुस्ताङ निस्कने गरिन्छ । रासस