२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् सात नेपाली जोसँग एनसेल आजियाटाको ११ कित्ता शेयर छ



अ+ अ-

काठमाडौँ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडमा सात नेपालीको शेयर रहेको पाइएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा कम्पनी रजिस्ट्रारको कार्यालयले उपलब्ध गराएको कागजपत्रमा एनसेल आजियाटामा सात नेपालीको शेयर रहेको पाइएको हो ।

एनसेल आजियाटाको सबैभन्दा ठुलो शेयर धनीमा वेस्ट इन्डिजको चाल्सटाउन, नेभिजनमा दर्ता रहेको रेनोल्ड् होल्डिङ्स लिमिटेड रहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार एनसेल आजियाटामा रेनोल्ड् होल्डिङ्स लिमिटेडको आठ लाख कित्ता शेयर अर्थात् ८० प्रतिशत स्वामित्व छ ।

यसै गरी काठमाडौँ महानगरपालिका वडा नम्बर १३ मा रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिसँग दुई लाख कित्ता अर्थात् २० प्रतिशत शेयर स्वामित्व छ ।

यस बाहेक अन्य सात नेपाली नागरिकहरूको शेयर समेत एनसेलमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । यस्तो शेयर सार्वजनिक कम्पनीको रुपमा रूपान्तरण हुँदा स्वामित्व हस्तान्तरण गरिएको देखिन्छ ।

प्राइभेट लिमिटेड कम्पनी पब्लिक लिमिटेडमा परिणत हुन कम्तिमा सात जना शेयर धनी आवश्यक पर्ने कानुनी प्रावधान छ । सोही व्यवस्था पूर्ति गर्न एनसेल आजियाटाले ११ कित्ता शेयर थप गरी सात नेपाली नागरिकहरूलाई सो शेयर बिक्री गरेर २०७७ साउन १९ गते मा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

जसअनुसार, काठमाडौँ महानरपालिका वडा नम्बर २७ बस्ने लेना केशरी कंसाकारको नाममा दुई कित्ता, ललितपुर महानरपालिका वडा नम्बर १ का कविन मूलको नाममा एक कित्ता, काठमाडौँ महानरपालिका वडा नम्बर २९ का समीर राज गौतमको नाममा एक कित्ता, ललितपुर महानरपालिका वडा नम्बर २ का कन्चन सिंह कार्कीको नाममा दुई कित्ता, काठमाडौँ महानरपालिका वडा नम्बर १० का सम्पन्न राज भट्टको नाममा एक कित्ता, काठमाडौँ महानरपालिका वडा नम्बर ९ का ज्योति दाहालको नाममा दुई कित्ता र ललितपुर महानरपालिका वडा नम्बर ७ का उमा महर्जनको नाममा २ कित्ता एनसेल आजियाटाको सेयर रहेको छ ।

यी सबै शेयर धनीहरूले २०७५ चैत १ गते एकै पटक न्यूनतम प्रतिकित्ता शेयर १०० रुपैयाँमा खरिद गरेको कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यी शेयर धनीहरू समावेश गरी एनसेल पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो ।

कम्पनी रजिस्ट्रारको कार्यालयकाअनुसार सुनिभेराको २० प्रतिशत शेयर हिस्सा ३ अर्ब ३३ करोड २४ लाख १५ हजार रुपैयाँ मूल्यको रहेको छ र यो रकममा शेयर धनीले तिरेको लाभकरसमेत समावेश रहेको छ ।




भर्खरै