२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो



अ+ अ-

एजेन्सी । भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
 
कूल सङ्क्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड  ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।




भर्खरै