२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: दबाबमा नेपाल, पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौं । यू १९ एसिया कप अन्तरगतको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध पाँच विकेट गुमाएको छ । अहिले १७ ओभरमा नेपाल ४६/५को अवस्थामा रहेको छ । यससँगै नेपाल दबाबमा परेको छ ।

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट सस्तैमा गुमायो । पहिलो विकेटमा नेपालले ओपनर तिलक भण्डारीलाई ७ रनमा गुमाएको थियो । उनी पाकिस्तानका अमिर हसनको बलमा क्याच आउट भएका थिए ।

यस्तै, तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले २२ बलमा ६ रन बनाउदै आउट भए । त्यसपछि चौंथो नम्बरमा क्रिजमा आएका कप्तान देव खनाल पनि शुन्य रनमा आउट भए । यस्तै, अर्जुन कुमाल २१ रन बनाएर आउट हुँदा गुलशन झा एक रन बनाएर आउट भए ।

आठ वटा देश सहभागी यू १९ एसिया कपमा नेपालको समूह ए मा छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।