२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको फाइनल र सेमिफाइनल खेलाइएको भारतको स्टेडियमको पिच औसत – आईसीसी



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नरेन्द्र मोदी स्टेडियम र इडेन गार्डेनका पिचहरूलाई ‘औसत’ रेटिङ दिएको छ, जहाँ २०२३ को विश्वकप फाइनल र दोस्रो सेमिफाइनल (अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका) खेलिएको थियो ।

आईसीसी म्याच रेफ्री एन्डी पाइक्राफ्टले फाइनल खेलिएको नरेन्द्र मोदी स्टेडियमको पिचलाई मूल्याङ्कन गरे, जबकि पूर्व भारतीय फास्ट बलर जाभागल श्रीनाथले दोस्रो सेमिफाइनल खेलिएको इडेन गार्डेन पिचलाई मूल्याङ्कन गरे ।

दोस्रो सेमिफाइनल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेनमा कम स्कोर भएको खेल थियो । विकेटमा आँधी र आर्द्रताका कारण दक्षिण अफ्रिकाले २२ रनमा ४ विकेट गुमाएपछि पुनरागमन गर्दै २१२ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १६ बल बाँकी रहँदा ४७ औं ओभरको दोस्रो बलमा ३ विकेटले जित हात पारेको थियो ।

फाइनलको कुरा गर्ने हो भने दोस्रो सेमिफाइनलको तुलनामा भारत र अष्ट्रेलियाबीचको खेलमा अलिक बढी स्कोर देखिएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ सय ४० रन बनाएको थियो । दोस्रो इनिङ्ससम्म पिचमा आर्द्रता कम थियो, जसका कारण अष्ट्रेलियाले ४३ औं ओभरमा नै ६ विकेटले खेल जित्यो । तर, कप्तान प्याट कमिन्सले खेलअघि नै यहाँ खेल्न चिन्ता व्यक्त गरेका थिए ।

एकतर्फ यी दुवै पिचले औसत रेटिंग पाएका छन् भने अर्कोतर्फ भारत र न्यूजिल्याण्डबीचको सेमिफाइनल खेलेको र विवादको कारण बनेको मुम्बईको वानखेडेलाई राम्रो रेटिङ दिइएको छ । भारतले यहाँ ३९७/४ रनको ठूलो स्कोर बनाएको थियो ।