२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र व्यवस्थाको बिरुद्धमा आवाज उठ्नु दुर्भाग्य: रमेश लेखक



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको बिरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असन्तुष्टिहरु संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि काँग्रेस सचेत रहेको बताउनु भयो । उहाँले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन । हामी त्यसमै गइरहेका छाँै । कमी कमजोरीहरु छन् । केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ । नेपाली काँग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ । किनभने जुन चिन्ता, चासो र असन्तुष्टि छ, बहुदलीय व्यवस्थाका भित्रै एकदल र अर्का दलकाबीचमा सन्तुष्टि, असन्तुष्टिको अभिव्यक्ति हुनु, सरकार परिवर्तन हुनु, अर्को सरकार बन्नु यी लोकतन्त्रका सकारात्मक कुरा हुन् । तर असन्तुष्टि संविधानकै बिरुद्धमा, यो व्यवस्थाकै बिरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ । असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली काँग्रेस सबैभन्दा ज्यादा सेचत हुनुपर्छ । विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न अघि बढ्न जरुरी छ ।’

प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै काँग्रेसले यसबारे गम्भीर रुपमा लिनुपर्ने बताउनु भयो ।