२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिको रोलक्रममा भएकाहरुको उमेर रक्षा मन्त्रालयले छानविन गर्नुपर्छः सांसद पन्त



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भावि प्रधान सेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरुको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानविन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधान सेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरुको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताउनु भयो । उहाँले प्रधान सेनापतिको रोलक्रममा रहेकाहरु सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाली सेनाभित्रै छानविन भएर क्लिनचिट पाएकाहरुको पनि पनि उमेरमा कैफियत देखिएको उदाहारण दिँदै उहाँले सेना भित्रको छानविनले मात्रै नपुग्ने बताउनु भयो । त्यसै सांसद पन्तले अनावश्यक नेताहरुले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पिएसओ केहीको फिर्ता गरियो फिर्ता गरिएको मध्येबाट पनि केही माननीयज्युहरुले पुनः लिनुभयो भनिएको छ । यो विषयमा समितिले पहिल्यै निर्णय गरेको थियो ।

समितिले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ । हाम्रो निर्णयलाई कार्यान्वयन नगरिकन आलटाल गरेर थन्क्याइयो भने समितिको प्रभावकारिता हुँदैन । सेनाको बारेमा नकारात्मक ढंगले मिडिया र संसदमा छलफल हुनु आफैँमा राम्रो होइन । बढुवाको लागि जुन जर्नेलको नाम पठाइएको छ, उसको पनि उमेरको बारेमा प्रमाणसहित, डकुमेण्टसहित अखबारहरुमा छताछुल्ल भएको छ ।

जब प्रधान सेनापतिको लाइनमा बस्ने बेला हुन्छ, यस्ता विवादहरु आउने हुनाले यो समितिले आज एउटा निर्णय के गर्नुपर्छ भन्दाखेरी रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा किनभने सेना आफैँले छानविन गर्दाखेरी त त्रुटी भएको फेला पर्याे नि । सेनाले मात्रै छानविन गर्दा यो टुंगो लाग्दैन भन्ने देखियो । हामीले रक्षा मन्त्रालयलाई के निर्देशन गर्नुप¥यो भन्दाखेरी रक्षा मन्त्रालयले यस विषयमा छानविन गरोस् । उसले छानविन गरेर तथ्य के हो, किनभने नेपाली सेनाको भावि नेतृत्वहरुको उमेरलाई लिएर पटक–पटक नकारात्मक ढंगले प्रश्न उठ्नु राम्रो होइन ।’

उहाँले समितिमा विधेयकहरु अलपत्र परेका भन्दै विधेयकहरुको सम्बन्धमा पनि यथाशीघ्र छलफल हुनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै