२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनालाई कोरोना विरूद्धको कोभिसिल्ड खोप हस्तान्तरण



अ+ अ-

काठमाडौंः भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिसिल्ड खोप मंगलबार जङ्गी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो टेलि कन्फरेन्स मार्फत उक्त खोप प्रधान सेनापति पुर्ण चन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरे पश्चात नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले भौतिक रुपमा हस्तान्तरण गर्नु भएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भएको नेपाली सेनाले जनाएको छ ।

प्रत्युत्तरमा प्रधान सेनापति थापाले यस सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै यस सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने,  महामारी बिरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना ब्यक्त गर्नु भएको थियो ।