२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा तेस्रो पटक सर्किट, आजलाई कारोबार बन्द



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तेस्रो सर्किट लागेपछि आजलाई कारोबार बन्द गरिएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजको कारोबार बन्द भएको हो ।

नेप्सेमा ४ प्रतिशत वृद्धिसँगै २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । कारोबार खुलेको २ मिनेटमा नै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द गरिएको थियो । पुन: त्यसको केही समयमा बढेर ६ प्रतिशत पुगेपछि आजलाई कारोबार बन्द गरिएको हो ।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ।

आइतबार जम्मा ९ मिनेट मात्रै शेयर कारोबार भएको छ । आज नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ ।  ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आउँदा ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज २२७ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको भने घटेको छ । १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।




भर्खरै