काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा रु ६ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ८६ हजार कायम भएको छ । हिजो तोलामा रु ८६ हजार ५ सयमा कारोबार भइको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य पनि तोलामा रु ८५ हजार ५ सय ५० कायम भएको छ ।
यता चाँदी भने तोलामा रु १२१५ मा कारोबार भएको महासंघले जनाएको छ ।







