२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन



अ+ अ-
काठमाडौँ, २४ मङ्सिर : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिनुभयो ।
समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उहाँले बताउनुभयो । संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताउनुभयो ।
समितिले एनसेलको शेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ ।
समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ । सरकारले यही मङ्सिर २१ गते एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।रासस