२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारको हवाई हमला पछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन



अ+ अ-

एजेन्सी । म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् ।

करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमाक्षेत्रमा रोकेको थाइ प्रशासनले सोमबार जनाएको छ । 

म्यानमारको सेनाले आइतबार रातिमा तीनवटा हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोडी जीवन रक्षाका लागि थाइल्याण्ड सीमा क्षेत्रमा पुगेका म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पु¥याउने मानवीय सहयोग निकाय ‘फ्रि बर्मा रेंजर्स’ले बताएको छ । उक्त संस्थाका अनुसार आक्रमणबाट कसैको हताहत भएको खबर भने आएको छैन ।  

म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।

यसै शिलशिलामा गत शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो । 

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको सरकारी अधिकारीहरूले दावी गरेका छन् । 

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ ।