२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबारसम्बन्धी नियामावली संसोधन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धि एकीकृत परिपत्र–२०७८ संशोधन गरेको छ ।

बैँकले आज सोमबार देखि लागू हुनेगरी विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र प्राप्त गरी विदेशी विनियमको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र प्रदान गर्ने एवम् निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले विदेशी विनिमयहरू ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली संशोधन गरेको छ ।

संशोधित व्यवस्था बमोजिम इजाजतपत्र प्राप्त गर्ने बैंक तथा वित्तीय तथा अन्य कम्पनीहरूले बुझाउनुपर्ने शुल्क तथा बैंक धरौटीको व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । विदेशी विनिमय कारोबार गर्ने वाणिज्य बैंकहरुले एकमुष्ट ५ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने र राष्ट्रिय स्तरका विकास बैंकहरुले एकमुष्ट एक लाख रुपैयाँ बुझाउनुपर्ने तोकिएको छ । यस्तै, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले एकमुष्ट बीस हजार रुपैयाँ बुझाउनुपर्ने भनिएको छ ।