२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत शाहको निधन



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत विकासविक्रम शाहको आइतबार निधन भएको छ । ४५ वर्षे शाहको हृदयघाटका कारण निधन भएको हो ।

शाहको निधनको शोकमा आइतबारै राखेप हातामा श्रद्धाञ्जली सभा राखिएको थियो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, हरि खड्का, रेणुका श्रेष्ठलगायत कर्मचारीले शाहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । सोमबार खेलकुदका सम्पूर्ण कार्यालय बन्द रहने  छन् ।

शाह २०५३ साल असोज ४ गते लेखापाल पदमा राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए । शाहलाई २०७० साल असोज ३१ गते लेखा अधिकृतमा विशेष बढुवा गरिएको थियो । शाहको पार्थिव शरीरलाई आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । शाहका श्रीमति र छोरी छन् ।