२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुनसकेन ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४१ मा सीमित भएको छ । कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर रू चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू २५ करोड १५ लाख ६० हजार छ सय सात बराबरको कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रू १६ करोड ५७ लाख ६६ हजार आठ सय ६०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रू १४ करोड ५६ लाख ७६ हजार नौ सय ८८, माउण्टेन इनर्जी रू १४ करोड ४० लाख ६९ हजार नौ सय २१ र शिवम् सिमेन्ट रू १३ करोड ७३ लाख १७ हजार दुई सय ६१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९० र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले नौ दशमलव ६० प्रतिशतले कमाएका छन् ।

समता घरेलु लघुवित्त सात दशमलव १५, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ८७, स्वाभिमान लघुवित्त पाँच दशमलव ४७, एशियन हाइड्रोपावर पाँच दशमलव ३८ र अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव २६ प्रतिशतले गुमाएका छन् । रासस