२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० पक्राउ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को संकल्प यात्रा विथोल्न खोजेको आरोपमा प्रहरीले पूर्वमन्त्री गोपाल किराँतीसहित १० जनालाई पक्राउ गरेको छ ।

संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणा गर्दै मन्त्री किराँती हलेसीको सडकमा उत्रिनुभएको थियो । त्यसपछि प्रहरीले उहाँसहित १० जनालाई पक्राउ गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।

कोशी प्रदेशको पुन:नामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। सोही घोषाणअनुसार समितिले पहाडी जिल्लामा बन्द आह्वान गरेको छ । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

बन्द भए पनि एमालेको संकल्प यात्राको टोली उदयपुर आउनेक्रममा रहेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सहभागी हुनुहुन्छ । प्रदेशको नाम नमान्ने घोषणा गरेको पहिचान पक्षधरले कोशीको पक्षमा बोल्ने एमाले नेतालाई निषेध गर्दे बताउँदै आएको छ ।