काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारका लागि ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको भाउ प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुनको प्रतितोला भाउ ८५ हजार ८५० रुपैयाँ थियो ।
यस्तै चाँदी भने तोलामा रु १२ सय २५ कायम भएको छ ।







