२१ असार २०८३, आईतवार
,
Latest
गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी आईजीपी कार्की अमेरिका प्रस्थान चारआली ओभरपासः ५० प्रतिशत काम सम्पन्न राहदानी सेवा केही दिन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताउनु भयो । उहाँले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताउनु भयो । उहाँले आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ । जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ । पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन । हाम्रो गुट भित्र पनि समस्या भयो । शेखर दाई र गगन दाईको बीचमा समस्या आए । यो लुकाएर पनि हुँदैन । तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ । शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ ।’

सांसद शर्माले शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने दाबी गर्नुभयो ।