२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा ओलीलाई कालो झण्डा



अ+ अ-

भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ परेका छन् ।

मध्यपहाडी संकल्प यात्राअन्तर्गत भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा ओलीलाई कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत रहेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीले एमालेको विरोध गरिरहेका छन् । साथै, उनीहरुले एमालेको संकल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।