२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिवंगत अभिनेता इरफान खानलाई २ फिल्मफेयर अवार्ड



अ+ अ-

एजेन्सी । हिन्दी सिनेमा इन्डस्ट्रीको सर्वाधिक प्रतिष्ठित अवार्ड फिल्मफेयर अवार्डको ६६ औं संस्करणका बिजेताहरु घोषणा गरिएको छ । 

शनिबार बेलुकादेखि अबेर रातसम्म चलेको उक्त अवार्ड समारोहमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । 

उक्त समारोहमा दिवंगत अभिनेता इरफान खानलाई दुई अवार्डको घोषणा गरियो । फिल्म ‘अंग्रेजी मिडियम’का लागि उत्कृष्ट अभिनेता चुनिँदा मरणोपरान्त उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि दिइएको छ । 

यसैगरी तापसी पन्नु स्टारर ‘थप्पड’ले ७ वटा अवार्ड जित्न सफल रह्यो । तापसी पन्नुले यसै फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् भने उत्कृष्ट फिल्म पनि थप्पड नै घोषणा भयो ।