२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतावासबाट शिवपुरी राष्ट्रिय निकुञ्जमा “अल वुमन हाइक”



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार (हिजो) को दिन शिवपुरी राष्ट्रिय निकुञ्जमा "अल वुमन हाइक" को आयोजना गर्यो । ‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदल यात्राको आयोजना गरिएको हो । 
नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राकी धर्मपत्नी श्रीमती पुजा क्वात्रा सो कार्यक्रमको विशेष अतिथिका रुपमा हुनुहुन्थ्यो । उक्त पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो । 

पद्मश्री अवार्डबाट सम्मानित श्रीमती अनुराधा कोईरालाले स्थापना गर्नुभएको गैरसरकारी संस्था माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रमको आयोजना गरेको हो । बेचबिखनमा परेका पीडित महिलाहरुको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुनयाउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ । श्रीमती क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गर्नुभयो । 

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सरेको पहल हो । सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रुपमा मनाइनेछ ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ । सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।