२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डले टस जितेर बलिङ रोज्यो, विराटले कप्तानको रुपमा २०० औं खेल खेल्दै



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको एकदिवसीय सिरीजको अन्तिम तथा निर्णायक खेल महाराष्ट्र क्रिकेट एसोसियशनको मैदानमा हुँदैछ । 

इंग्ल्याण्डले टस जितेर पहिले बलिङ रोजेको छ । दुबै टिमले १-१ खेलाडी परिवर्तन गरेका छन् । इंग्लिस कप्तान जोस बटलरले टम करनको स्थानमा मार्क वुडलाई मौका दिएका छन् । यस्तै भारतीय कप्तान विराट कोहलीले स्पिनर कुलदीप यादवको ठाउँमा फास्ट बलर नटराजनलाई मौका दिएका छन् । 

कप्तानको रुपमा कोहलीको २०० औं अन्तर्राष्ट्रिय म्याच
कप्तानको रुपमा कोहलीले तीन ढाँचा (टेस्ट, वनडे र टी-२० ) मिलाएर २०० औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । यो उपलब्धि हासिल गर्ने उनी आठौं कप्तान हुन् ।  अर्का भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनी ३३२ खेलमा कप्तानी गर्ने विश्वमै पहिलो खेलाडी रहेका छन् ।