२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमार यादवले बनाए रोहित र ग्लेन म्याक्सवेलसँग बराबरी शतकको कीर्तिमानी



अ+ अ-

एजेन्सी । टि२० आईमा भारतका सूर्यकुमार यादवले सर्वाधिक शतकको कीर्तिमान बनाएका छन् । बिहिबार भएको दक्षिण अफ्रिकासँगको शृंखलाको तेस्रो तथा अन्तिम टि२० आईमा चौथो शतक प्रहार गर्दै सूर्यले रोहित शर्मा र ग्लेन म्याक्सवेलसँग बराबर गरेका छन् ।

भारतका कप्तान रोहित शर्मा र अलराउन्डर हार्दिक पाण्ड्याको अनुपस्थितिमा भारतीय टोलीको नेतृत्व गरेका सूर्यकुमारले कप्तानको रूपमा पहिलो शतक र टि२० आईमा चौथो शतक प्रहार गरे। यससँगै टि२० आईमा सर्वाधिक चार शतक बनाउनेमा सूर्यकुमार पनि जोडिएका छन् ।

जोहानेसबर्गको न्यू वान्डरर्स स्टेडियममा भएको शृंखलाको निर्णायक खेलमा सूर्यको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकासामु बलियो लक्ष्य प्रस्तुत गरेको थियो । बिहिबार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो । सूर्यकुमार यादव ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय रनमा अविजित रहे । यस्तै, यशस्वी जैसवालले ६० रन बनाउदा रिंकु सिंह १४ रनमा आउट भए ।

त्यसपछि २ सय २ रनको विशाल विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रन बनाएर अल आउट भयो । दक्षिण अफ्रिकाको लागि डेविड मिलरले सर्वाधिक ३५ रन बनाए । यस्तै, एडेन माक्ररमले २५ रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतको लागि कुलदीप यादवले उत्कृष्ट ५ विकेट लिए । २.५ ओभर बलिङ गरेका उनले १७ रन दिए । यस्तै, रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए ।

तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १ सय ६ रनले हराउदै भारतले खेल बराबरी गरेको हो । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । यस सिरीजको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो ।

अव भारत र दक्षिण अफ्रिकाबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो ओडिआई आइतबार हुनेछ ।