२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्‍वकप छनोट : नेदरल्यान्ड्स फेरि जितको बाटोमा



अ+ अ-

पेरिस । शनिबार नेदरल्यान्ड्सले लाट्भियालाई २–० ले हराएर फेरि जितको बाटोमा फर्केको छ । टर्कीविरुद्धको पहिलो विश्वकप छनोट खेल गुमाएको डच टिमले लाट्भियाविरुद्ध भने प्रभावशाली प्रदर्शन गर्न सफल रह्यो ।

त्ययसमा स्टेभेन बेरघुइस र लुक डे जोङ गोल गरे । यसै खेलमा फ्रान्सकी स्टेफानी फ्रापोर्ट विश्वकप छनोट खेलाउने पहिलो महिला रेफ्री पनि भएकी छिन् । उनले यसअघि युरोपेली क्लब खेल खेलाइसकेकी छिन् ।

लिभरपुलका डिएगो जोटाको दुई गोलमो पोर्चुगलले अर्को खेलमा सर्बियासँग २–२ को बराबरी खेलेको छ । क्रिस्टियानो रोनाल्डोले इन्ज्युरी समयमा गरेको गोलले भने मान्यता पाएन । अन्य खेलमा क्रोएसियाले साइप्रसलाई १–०, रुले स्लोभेनियालाई २–१ र टर्कीले नर्वेलाई ३–० ले हरायो । चेक गणतन्त्र र बेल्जियमले भने १–१ को बराबरी खेले ।