एजेन्सी । टिभी सिरीज ‘अरेस्टेड डेभलपमेन्ट’की स्टार अभिनेत्री जेसिका वाल्टरको ८० वर्षको उमेरमा निधन भएको छ ।
उनको बुधबार न्युयोर्कस्थित आफ्नै निवासमा निधन भएको हो। उनकी छोरी ब्रुक बोम्यानले यसबारे जानकारी दिएकी हुन् ।
जेसिकाको निधनमा उनीसँग सहकार्य गरेका थुप्रै कलाकारहरुले समवेदना व्यक्त गरेका छन् ।
जेसिकाको जन्म सन् १९४१ जनवरी ३१ मा न्युयोर्कको ब्रुकलिनमा भएको थियो । उनकी आमा एक शिक्षिका र बुबा एनबीसी सिम्फनी आर्केस्टाका सदस्य थिए ।
उनी एक संगीतकार थिए । जेसिकाले थुप्रै हिट टेलिभिजन सिरीजमा काम गरेकी थिइन् । उनले आफ्नो जीवनकालमा अभिनयमार्फत थुप्रै अवार्डहरु पनि प्राप्त गरिसकेकी छन् ।












