२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको बताउनुभयो ।

“विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ?”, प्रधानमन्त्री दाहालको प्रश्न थियो ।

उहाँले एकातर्फ हामी विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहँुदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कातर्फ हामी आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ भन्दै शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र सर्वसुलभरुपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो ।

सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा दिन विश्वविद्यालयको नेतृत्वलाई आग्रह गर्दै प्रधानमन्त्री दाहालले यसका लागि अभिभावकत्व र सहयोगका निम्ति नेपाल सरकार सधैँ तत्पर रहेको स्मरण गराउनुभयो ।

उहाँले दीक्षित हुने विद्यार्थीहरूले आर्जन गरेको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वास व्यक्त गर्दै आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्य जिम्मेवार रुपमा पूरा गर्ने सफलता दीक्षित विद्यार्थीलाई मिलोस् भनी शुभकामना पनि दिनुभयो ।

प्रधानमन्त्री दाहालले एक वर्षको अनवरत मेहनत र क्रियाशीलताको परिणाम आज अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार हुँदै गए पनि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेकाले सरकारको इमान्दार प्रयासमा बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता रहने विश्वास पनि व्यक्त गर्नुभयो । रासस




भर्खरै