२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा नयाँ नियम लागु, अब ब्याट्सम्यान र बलरबीच कडा प्रतिस्पर्धा हुने



अ+ अ-

एजेन्सी । अन्ततः त्यो दिन आयो जसको क्रिकेट फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । आईपीएल २०२४ को लिलामी आज दुबईमा हुँदैछ । यस्तो अवस्थामा अब आईपीएलमा ठूलो परिवर्तन भएको छ ।

आईपीएलमा खेलको रोमाञ्चकता बढाउन यो नयाँ नियम लागू गरिएको हो । आईपीएल २०२४ मा अब फास्ट बलरहरूले प्रति ओभर दुईवटा बाउन्सर बलिङ गर्न पाउनेछन् । ब्याट र बलबीचको प्रतिस्पर्धालाई बराबरी बनाउन यो पहल गरिएको हो ।

यो परिवर्तन भारतको घरेलु टी२० प्रतियोगिता २०२३(२४ सैयद मुश्ताक अली ट्रफीमा परिक्षण गरिएको थियो । यसैबीच अनुभवी खेलाडी जयदेव उनाडकटले यो परिवर्तनको स्वागत गरेका छन् । उनादकटले एक ओभरमा दुई बाउन्सर धेरै उपयोगी रहेको र बलरलाई ब्याट्सम्यान भन्दा बढी फाइदा दिने उनको भनाई छ ।

फास्ट बलरसँग डेथ ओभरमा थप विकल्प हुने उनले बताएका छन् । अब योर्कर, स्लो बल र बाउन्सर हुनेछन् । गत वर्ष आईपीएलमा नयाँ नियम इम्प्याक्ट प्लेयर नियम लागू गरिएको थियो ।

आईपीएल २०२४ मार्च २२ देखि मे को अन्त्य सम्म सुरु हुने सम्भावना छ । आईपीएलको खेल तालिका भने सार्वजनिक भएको छैन । भारतमा पनि अर्को वर्ष चुनाव हुन लागेको छ र यस्तो अवस्थामा निर्वाचन आयोगले मिति घोषणा गरेपछि मात्रै कार्यतालिका घोषणा हुने बताइएको छ ।