२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई सुपर किंग्सको मास्टर स्ट्रोकले काम गर्यो, ६ करोडमा किन्यो दुई अलराउन्डर



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सको मास्टर स्ट्रोकले आईपीएल २०२४ को मिनी लिलामीमा काम गर्यो । फ्रेन्चाइजले अलराउन्डरहरूसँग जुवा खेलेको थियो । सिएसकेले दुई शक्तिशाली खेलाडीलाई ५.८० करोडमा आफ्नो क्याम्पमा समावेश गरेको छ ।

सुरुमा शार्दुल ठाकुरमा कसैले चासो देखाएनन् तर सीएसकेले बोली लगायो । उसको पछि हैदरावाद पनि आयो । बोलपत्र रु तीन करोड पुग्यो । अन्ततः शार्दुल ठाकुर ४ करोडमा चेन्नई पुगे । उनी घर फर्किसकेका छन् । सन् २०२३ मा कोलकाता नाइट राइडर्सबाट खेलेका शार्दुल ठाकुर यसअघि चेन्नई सुपर किंग्सको हिस्सा थिए ।

योसँगै सीएसकेले न्युजिल्यान्डका उदीयमान अलराउन्डर खेलाडी रचिन रविन्द्रसँग पनि बाजी लगायो । उनको आधार मूल्य ५० लाख थियो । चेन्नईले बिडिङ सुरु गर्यो । दिल्ली क्यापिटल्सले बोली बढायो । चेन्नईले १ करोड सम्मको बोली लगायो । पञ्जाबले १.१० करोड रुपैयाँको बोली लगायो । अन्ततः चेन्नईले रचिनलाई १.८० करोडमा टोलीमा भित्र्यायो ।