काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । हिजो (बिहीबार) छापावाला सुन प्रति तोला रु ८६ हजार ९ सयमा कारोबार भएकोमा आज रु ६ सयले घटेर प्रतितोला रु ८६ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रति तोला रु ८५ हजार ८ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ।
यता चाँदी भने तोलामा रु १२३० मा कारोबार भईरहेको छ ।







