२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै सक्ने विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो: महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताउनु भयो । उहाँले खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने बताउनु भयो । उहाँले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै कामहरु नेपाल सरकारले नै गर्छ । नेपाल सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकास निर्माण अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो । प्रधानमन्त्रीको सबै कामहरु रोक्ने मान्छे भनेको तपाई नै हो । प्याकेज ८,९ १० को खरिद व्यवस्थामा प्रक्रिया ढिलो हुँदा ५,६ महिना गयो, अझै ५ देखि ६ महिना लाग्छ । कसले नेपाल सरकारले गर्ने हो । बिष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो । यसलाई मन्त्रीपरिषद्ले निर्णय नगरी टुंगिदैन । ८३ मा बनाउनुपर्छ भन्ने सरकार, ०८३ मा नबनाएर ०९० पुर्‍याउने पनि सरकार नै हो । अहिलेकै काम जस्ताको त्यस्तै गरेर यो ०८३ मा सकिँदैन । यो ०९०, ०९२ पुग्छ ।’

फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलले दिएको अभिव्यक्ति सामान्य रुपमा लिन नहुने बताउनु भयो । उहाँले आज नै सभामुख देवराज घिमिरेलाई भेटेर यसबारेमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले सरकारी शुण्डमुण्ड भनिकन हाम्रो समितिको सभापतिलाई भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर गरेर यो बैठक राख्नुभयो। निर्णय पनि त्यही अनुसार गर्नुभएको हो भनिकन सार्वजनिक रुपमा यो विषयलाई उठाउनुभएको छ । यो समितिको विषय हो की होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । कहिले कहीँ हुन्छ । संसदको गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रुपमा नलिन र सभामुखसँग उठाउन र गम्भीर रुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’

उहाँले यस्ता अभिव्यक्तिले संसद र सांसदको मा मर्दन हुने जिकिर गर्नुभयो ।