२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमन विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण



अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ ।

बुधवार विभागको टिमले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरुले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु राखेर सेवा दिँदै आएको बताउनु भयो । उहाँले विदेशी नागरिकका लागि ४ वटा काउण्टर र १० वटा काउण्टर नेपाली नागरिकका लागि राखेर सेवा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले अहिले करिव एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा छौँ । यहाँ सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु रहेका छन् । यसमा नियमित रुपमा रुपमा सेवा प्रवाह हुन्छ । तीन वटा सिफ्टमा काम हुन्छ । यहाँ विदेशी नागरिकका लागि ४ वटा काउण्टरहरु छन् । त्यस्तै १० वटा काउण्टर नेपाली नागरिकका लागि छन् । सोहीअनुरुप सेवा लिनुहुन्छ । अहिले करिव एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको देखिन्छ । पर्यटक सिजनमा अझै बढ्छ । बिहान र बेलुका यात्रुहरुको चाप अलि बढी हुन्छ । हामीले यहाँ औषतमा हेर्दा कम्तीमा तीन सयको हाराहारीमा एक जना कर्मचारीले ३ सयको हाराहारीमा काम गरेको र एक वर्षमा ६४ हजार यात्रुलाई प्रस्थानको अनुमति दिएको देखिन्छ ।’

उहाँले अहिले एउटा कर्मचारीले तीनदेखि ४ सयको हाराहारीमा यात्रुहरुलाई पठाउने काम गरेको बताउनु भयो ।