२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरातीको भाषणबाट नयाँ/पुराना सबै घनघोर ‘अग्रगामी’हरू पनि आत्तिएको देखिनु राम्रो: रवीन्द्र मिश्र



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिलाई ‘व्यक्तिगत विचार’ले नभई त्यो ‘देशको विशिष्ट परिस्थितिबाट सृजित विचार’ले निर्देशित गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृतिमन्त्री सुदन किरातीले ‘राज्यका आँखामा सबै धर्म बराबरी हुन्, क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएपछि उपाध्यक्ष मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ/पुराना ‘प्रचण्डपथगामी’हरूलाई अब पनि आफ्नो विचारको बन्धक बनाउने प्रयास नगर्न आग्रह गर्नुभयो ।

उहाँले भित्र गुदी नभएका तर भाषणकला भएका नेताहरू समाजका लागि घातक हुन्छन् भन्दै किरातीको भाषणबाट नयाँ/पुराना सबै घनघोर अग्रगामीहरू पनि आत्तिएको देखिनु राम्रो कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “किराँतीले उत्तेजक भाषण गर्दा तालीको जुन बेग सुनियो त्यो बेगको शक्ति अबको १० वर्षमा दोब्बर हुनेछ। त्यो वेगको शक्तिले १० वर्षपछि तपाईंको धर्म र संस्कृतिमात्र होइन, जब तपाईंको घर र परिवारमा क्षति पुर्याउन थाल्छ अनि त्यतिबेला यो ूपश्चगामी दास”को एकोहोरो रटान याद गर्नुहोला।”

समय घर्किँदै गएकाले हाँगामा नभएर जरामै लागेको कीराको उपचार खोज्न आग्रह गर्दै उहाँले ‘सर्भिसिङ’ नभई ‘ओभरहलिङ’को जरूरत रहेको बताउनुभयो ।

आजसम्म भएका कमीकमजोरीका लागि सबैले सबैलाई क्षमा गरेर राजसंस्था, राजनीतिक दल र जनताबीच शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीमा जान उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “यस्तो समझदारीले नेपालका परम्परागत मूल्यमान्यता, धर्मसंस्कृति, देशको विशिष्ट परिस्थितिको जगमा ७२ सालको संविधानमा निहित राम्रा पक्षहरूलाई पनि अंगिकार गर्न सकोस् ।”




भर्खरै