२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस मधेस प्रदेश सम्मेलन: विमलेन्द्र मञ्च गएनन्, शेखरले बहिष्कार गरे



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा विवाद देखिएको छ ।

जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन समारोहमा आसनग्रहणकै मर्यादाक्रम नमिलेको भन्दै बिमलेन्द्र निधि मञ्चमा गएनन् भने नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरेका छन् । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनुहुन्छ ।

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सभापति यादवले बताउनुभयो ।

 

तस्बिरः अजयकुमार साह- रासस