२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको उद्घाटनका लागि १०८ मिटर लामो अगरबत्ती बनाइयो



अ+ अ-

एजेन्सी । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनका लागि गुजरातको वडोदरामा १०८ फिट लामो अगरबत्ती बनाइएको छ । मन्दिरमा भगवान रामको मूर्तिको अभिषेकका बेला यो धूप बालिनेछ ।

अयोध्यामा मन्दिर उद्घाटनको तयारी तीव्र गतिमा भइरहेको छ । सहरमा विभिन्न पूर्वाधार निर्माणका आयोजनाहरु भइरहेका छन् । जसमा सडक, भवन र विमानस्थल निर्माण पर्दछन् ।

अयोध्याको अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न हुनेछ । यसले मन्दिरको उद्घाटनपछि आउने महिनाहरूमा यहाँ आउने लाखौं तीर्थयात्रीहरूलाई यात्रामा सहजता प्रदान गर्नेछ ।

उत्तर प्रदेश सरकारले अयोध्याको विकासका लागि थप १७५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम अयोध्या संरक्षण तथा विकास कोष, रामोत्सव र अन्तर्राष्ट्रिय रामायण तथा वैदिक अनुसन्धान संस्थानको विकास र विस्तारका लागि प्रयोग गरिनेछ ।

‘रामोत्सव’ २०२३–२४ को लागि १०० करोड भारु र अयोध्यामा अन्तर्राष्ट्रिय रामायण र वैदिक अनुसन्धान संस्थानको विकास र विस्तारको लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।