२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरबाज खानको बिहेमा छमछमी नाचे सलमान



अ+ अ-

एजेन्सी । अरबाज खान र शुरा खानको विवाह भएको छ । यो जोडीले २४ डिसेम्बरमा अर्पिता खानको घरमा विवाह गरेका थिए । अरबाजको निकाह समारोहमा धेरै बलिउड स्टारहरु सहभागी भएका थिए ।

समारोहको धेरै तस्विर र भिडियो सार्वजनिक भइसकेका छन् । तर फ्यानहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेको भिडियो अहिले सार्वजनिक भएको छ ।

अरबाजले ५६ वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेका अरबाजले विवाहको पहिलो तस्विर शेयर गर्दै जोडीलाई हृदयदेखि माया गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनीहरुको निकाह समारोहका धेरै तस्विर र भिडियोहरु बाहिर आएका छन् र अहिले सामाजिक सञ्जालमा बहुप्रतिक्षित भिडियो भाइरल भइरहेको छ ।

अरबाजको विवाहमा रविना टण्डन, रितेश देशमुखलगायत धेरै बी–टाउन स्टारहरू उपस्थित थिए । भाइको बिहेमा सलमान खानले डान्स गरेका थिए । उनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी शुरासँग नाचिरहेको देख्न सकिन्छ । सलमानले ‘दिल दिए गल्ला’ र ‘तेरे मस्त, मस्त दो नैन’ मा शूरा, अरहान र अन्यसँग नृत्य गरेका थिए । सलमानको नृत्यमा सबैले ताली बजाए ।

अरबाजले मलाइका अरोरासँग १९९८ मा विवाह गरेका थिए । करिब १९ वर्षपछि दुवै अलग भए । मलाइकासँग अलग भएपछि अरबाज लामो समयसम्म जर्जिया एन्ड्रियानीसँग जोडिएका थिए । जर्जियापछि अरबाजले शुरालाई डेट गरे । फिल्मको सेटमा दुवैको मित्रता भयो र त्यहीँबाट उनीहरुको प्रेम बस्यो ।