२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहम फरेस्टसँग न्युक्यासल युनाइटेडको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ । केहीबेरअघि सम्पन्न खेलमा न्युक्यासल आफ्नै घरेलु मैदानमा नटिङहम फरेस्टसँग ३–१ गोलले स्तब्ध बनेको हो ।

यता नटिङहम फरेस्टको जितमा क्रिस वुड नायक बने । उनी एक्लैले तीन गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका उनले ५३ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसअघि खेलको २३ औं मिनेटमा अलेक्जान्डर इसाकले पेनाल्टीमा गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । न्युक्यासल उक्त एक गोलमै सिमित रह्यो ।

यो नतिजासँगै न्युक्यासल १९ खेलबाट २९ अंकका साथ तालिकाको सातौं स्थानमा छ । यता, नटिङहम १७ अंकसहित १६ औं स्थानमा छ ।




भर्खरै