२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’ स्टार ली सन क्युन मृत भेटिए



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाका चर्चित अभिनेता ली सुन क्युनको बुधबार निधन भएको छ । रिपोर्टका अनुसार अभिनेताको शव उनको कारमा भेटिएको थियो । लि सन क्युनले ओस्कार विजेता फिल्म ‘प्यारासाइट’ मा मुख्य भूमिका निभाएका थिए ।

दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार, सियोलको सेओङ बुक जिल्लाको पार्कमा एक व्यक्ति कथित रूपमा अचेत अवस्थामा फेला परेको थियो, त्यसपछि प्रहरी अनुसन्धानले मृतक अभिनेता ली सुन क्युन भएको खुलासा गरेको थियो ।

रिपोर्टलाई विश्वास गर्ने हो भने प्रहरीले ‘ली सुन क्युन’ विरुद्ध लागुऔषध सेवनको मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

रिपोर्टका अनुसार ४८ वर्षीय अभिनेताले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । के–पप हेराल्डले पनि आफ्नो ट्विटरमा ली सन क्युनको मृत्युको खबर पुष्टि गरेको छ ।

न्युज १८ मा प्रकाशित रिपोर्टमा प्रहरीलाई बिहान एक महिलाको फोन आएको र उनको श्रीमानले सुसाइड नोट लेखेर घर छाडेको बताएको पनि दाबी गरेको छ । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा शव कोरियाली कलाकारको भएको थाहा भयो ।

रिपोर्टमा प्रहरीले अनुसन्धान गर्दा अभिनेताको गाडीबाट जलेको कोइलाका टुक्रा फेला पारेको भन्दै अभिनेताले आत्महत्याजस्तो कदम चालेको अनुमान गरिएको छ । ली सुन क्युनले सन् २००० मा फिल्म ‘साइको ड्रामा’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि उनी मेक इट बिग, सेन्ट अफ लभ, माई मदर, द मर्मेड जस्ता धेरै फिल्ममा देखा परे ।