२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको फाइनल आज, उपाधिका लागि धनगढी र ललितपुर भिड्दै



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को फाइनल आज शनिबार हुँदैछ ।

उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसीले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसअघिको साविक विजेता समेत रहेको धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

यता, ललितपुरले भने एलिमेनेटरमा काठमाडौँलाई ३–० गोलले तथा क्वालिफायर २ मा पोखरालाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

विजेता टोलीले ७० लाख प्राप्त गर्नेछ भने उपविजेताले २० लाख पुरस्कार प्राप्त गर्नेछ । यस संस्करणको एनएसएलमा ९ टोलीले सहभागिता जनाएका थिए ।