२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन भाइरल भइरहेको छ मन्त्रीको यो तस्बिर ?



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्बिरले यतिबेला सामाजिक सञ्जाल निकै तताइरहेको छ । तस्बिरमा मन्त्री सिम्खडा मञ्चमा उभिएर भाषण गरिरहेको, मञ्च अगाडिको मैदान पुरै खाली रहेको र एक पुरुषले उनको तस्बिर खिचिरहेको देखिन्छ ।

यो तस्बिर पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहको रहेको छ । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा कार्यक्रममा गएकी थिइन् ।

उद्घाटन समारोहअघि मार्चपास गरिएको थियो । मार्चपासमा प्रतियोगितामा भाग लिने खेलाडी, विद्यार्थी, प्रशिक्षक लगायत धेरैको बाक्लो उपस्थिती थियो । औपचारिक उद्घाटन कार्यक्रम निर्धारित समयभन्दा ढिलो हुँदा कतिपय प्रतियोगिता कभर्ड हलमा सञ्चालन भइरहेको थियो ।

उद्घाटन समारोह लम्बिन थालेपछि सहभागीहरु भने एकएक गर्दै बाहिरिन थाले । मन्त्री सिम्खडाको बोल्ने पालो आएपछि मैदानमा केही संख्यामा सञ्चारकर्मीबाहेक अन्य उपस्थित रहेनन् ।

मन्तव्य दिइरहँदा उनका श्रीमान जनक बिसी तस्बिर खिच्न मञ्च अगाडि पुगेका थिए । विष्ट मन्त्री सिम्खडाका स्वकीय सचिवसमेत हुन् । देखिएको सो दृश्यले अहिले चर्चा कमाइरहेको छ ।