२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय आयोग बनाएर बालकुमारी घटना छानबिन गर्ने गठबन्धनमा सहमति



अ+ अ-

काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भएको छ ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुईजना युवाको मृत्यु हुने गरी भएको घटनालगायतका विषयमा छानबिन गर्न उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।

घटनाको छानबिनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने गर्नेसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

यसअघि गृहमन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन् ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।