२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले भने- बालकुमारी घटनामा सुरक्षा कमजोरी भयो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा सुरक्षाको कमजोरी भएको स्वीकार गरेका छन् ।

उनले भने- फिल्डमा खटिएका प्रहरीको कमाण्डर, मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा पनि त्रुटि रहेको छ । उनीहरुका बीचको आपसी समन्वय नुहँदा पनि यो दुर्घटना हुन गएको छ ।

संसदीय समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएकाले पनि बढी रियाक्टिभ हुन पुगेको बताए । श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको र ललितपुरको प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर डीएसपीलाई पनि जिम्मेवारीबाट जानकारी पनि उनले आजको सो बैठकमा दिएका थिए ।

शुक्रबार भएको सो दुर्घटनामा परी दुई युवाको ज्यान गएको छ । उता मन्त्री ज्वालाको गाडीमा पनि आगजनी भएको छ । यसबारेमा छानबिन गर्न सरकारले आज न्यायिक समिति नै गठन गरेको छ ।